किन हुन्छ व्यक्ति हत्या ?

काठमाडौं, २२ पुस- राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए । त्यो सूचनालाई प्रहरी संगठनकै केही अधिकृतले चर्चामा आउन र आफूलाई स्थापित गर्न जिम्मेवारी लिएको भन्दै हाँसोमा उडाए घटना अनुसन्धान गर्न बनेको अनुसन्धान कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको लगानीबारे तथ्य बाहिर ल्यायो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको साढे दुई करोड रुपैयाँ गौचनले आफ्नो डाँफे कन्ट्रक्सनमा लगानी गरेका थिए । त्योमध्ये एक करोड रुपैयाँ अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले दाबी गरेको रहस्य खुलेको थियो गौचनलाई पटकपटक फोनमार्फत पैसा फिर्ता गर्न वा वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्काको दुई प्रतिशत आफूलाई दिन समीरले पटकपटक धम्क्याए । गौचनले मानेनन् । उनको गोली हानी हत्या गरियो । गौचन र मनोज पुन एउटै ग्याङमा रहेर काम गर्दै आएका थिए गौचनको हत्यामा बस्नेतसँगै पुनको पनि संलग्नता रहेको दाबी प्रहरीको छ । राज्यको सुरक्षा निकायलाई ठाडै चुनौती दिएर गराइएको यो घटनालाई कम आँक्न मिल्ने अवस्था थिएन । शुक्रबार बिहान बुटवलको देवदहमा अर्का फर्निचर व्यापारी वसन्त पौडेल बलुको गोली हानी हत्या भयो । हत्याको जिम्मेवारी पुनले लिएका छन् । पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए नेपालमा भएका केही ठूला हत्याकाण्डमा भारतीय आपराधिक गिरोहको संलग्नता देखिए पनि पछिल्ला समय नेपालभित्रैका गुन्डा समूह भारतमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहँदा यसले सुरक्षा निकायमा थप चुनौती देखिएको छ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी व्यक्ति हत्या खासगरी तीन प्रकारले हुँदै आएको तर्क गर्छन् । ठकुरीका अनुसार पहिलोमा क्षणिक आवेग, दोस्रोमा आफ्नो दबदबा देखाउन र तेस्रो, घटनाको जिम्मेवारी लिएर पैसा असुली गर्न हुने गरेको छ उनका अनुसार अहिले रुपन्देहीको भैरहवा र बुटवलमा भएका घटना त्रासमा राखेर पैसा असुल्नकै लागि गराइएका घटना हुन्, अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?