यसरी भयो पौडेलमाथि गोली प्रहार

बुटवल, २२ पुस- रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए, नयाँ पत्रिकाले खबर छापेको छ  शुक्रबार बिहान करीब ११ बजे बसन्त र उनकी श्रमती ढेकारस्थित सःमिलको कम्पाण्डभित्र आगो तापेर बसेका थिए । त्यही बेला मोटरसाइकलमा दुई जना आए । इप्रका बुटबलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरुले आफूलाई काठ चाहिएको बताएका थिए लगत्तै दुई जनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यही ढले । गोली हानेपछि उनीहरु मोटरसाइकलमै फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?