दशैंका लागि नयाँ नोट घटस्थापनादेखि वितरण गरिँदै

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट घटस्थापनादेखि मात्र वितरण गर्ने भएको छ । २० र ५० दरका नयाँ नोटहरु बिहिवारबाट नै बजारमा पठाएपनि अन्य नोटहरु दशैंका लागी भने घटस्थापनाबाट मात्र सटहिका लागी खुला गर्ने भएको छ ।

बिगतका वर्षहरुमा झैं यो वर्ष पनि केन्द्रिय बैंकले नयाँ काउन्टर बालुवाटार र अन्य क्षेत्रिय कार्ययलहरुको साथै सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको विभिन्न शाखा कार्यलयबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने सम्भावना रहेको पनि जनाएको छ ।

करिब १३ अर्बको नयाँ नोट दशैको लागि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकसँग ५, १०, २० र ५० दरका नोट पुरानै स्टक रहेको साथै यो बर्ष छपाएको ४० करोड बराबरको १०० दरको नोट एक सातामा केन्द्रिय बैंकमा आउने राष्ट्र बैंकले जनाएको छ। अन्य वर्ष जस्तै यो वर्ष पनि सरकारी बैंकहरुलाई मात्र दिने सम्भावना रहेको छ । यद्दपी आन्तरीक रुपमा नीजी बैंकहरुले पनि केही नयाँ नोट साट्न भने सक्ने राष्ट्र बैंकले जनाएको छ।

सरकारी लगानीको बैंकहरुमा गत वर्ष नोट सटही सुविधा उपलब्ध रहेका शाखा कार्यलयको साथै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखा कार्यलयबाट पनि नयाँ नोट वितरण गर्ने सम्भावना छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोटहरु प्रतिब्यक्ति कम्तीमा एक बन्डल हुनेगरि नयाँ नोट वितरण गर्ने तयारि गरेको छ । दशैंकको लागि कहीलेबाट नोट सटही सुविधा उपलब्ध गराउने भन्ने विषय छलफलकै क्रममा रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

साथै प्रतिब्यक्ति कति सम्म नयाँ नोट उपलब्ध गराउने निर्णय हुन बाँकी नै रहेको छ । तर राष्ट्र बैंकले तोकेको भन्दा धेरै नोट सटही गर्न चाहानेको लागि लक्षित गर्दै सुकिलो नोट उपलब्ध गराउने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?