चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाउनुभएको छ । मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गर्नुभएको हो ।

इराकको कारबाला नगरमा केही समयअघि भएको यो घटनाबाट कैयौँ नागरिकको ज्यान गएको घटनाले आफूलाई निकै दुःखी तुल्याएको उहाँले दिनुभएको सन्देशमा उल्लेख भएको समाचारमा जनाइएको छ । उहाँले इराकी राष्ट्रपतिमार्फत इराकी नागरिकमा समवेदना व्यक्त गर्दै उक्त दुर्घटनामा परी ज्यान गुमाउने नागरिकका आफन्तहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

राष्ट्रपति चिनफिङले उक्त हिंसात्मक घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको पनि सो समाचारमा जनाइएको छ । त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि इराकी प्रधानमन्त्री अदेल अब्दुल महादीमार्फत इराकी नागरिकलाई समवेदना सन्देश पठाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?