नेपाल बङ्गलादेश बैंकको ९५औं शाखा ललितपुरमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नयाँ शाखा बिहीवार ललितपुर जिल्लाको खोकनामा उद्घाटन गरिएको छ । बैंकले आफ्नो बिस्तारको क्रममा ९५औं शाखाको रुपमा ललितपूर जिल्लाको खोकनामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्दै उक्त अवसरमा बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालद्धारा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?