काठमाडौँ, २२ पुस — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल पक्षीय नेताहरूले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको शुक्रबार नक्सालमा बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहित करिब दुई दर्जन सदस्य उपस्थित थिए, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया