राष्ट्र बैंकले राख्यो ९ हजारभन्दा बढि ऋणीलाई कालोसुचीमा

काठमाडौं । बिभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर नतिर्नेको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ । साथै त्यस्ता व्यक्ति तथा संस्थालाई कालो सुचिमा राख्ने समेत कर्जा सुचना क्रेन्द्रले जनाएको छ । आर्थिक वर्ष ०७५ /७६ मा मात्रै २ हजार ८ सय ४२ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।

बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर नतिर्नेलाई केहि समयको लागी समय दिन्छ तर समय धेरै नै भए पत्राचार समेत गर्ने गर्दछ । यदि त्यति हूँदा पनि रकम दाखिला गर्न नआएमा कालो सुचिमा राख्ने गरेको व्यबस्था रहेको छ ।
२०४६ सालदेखि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो । कालोसूचीमा राखिए पनि ऋण भुक्तानी गरिसकेपछि भने कालोसूचीबाट हटाउनु पर्छ । तर हालसम्ममा कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार ९ हजार ३ सय ५४ ऋणी कालोसूचीमा रहेका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएयता मात्रै ८१७ जना ऋणी कालोसूचीमा परेका छन् । बुधबार एक दिनमै केन्द्रले ९ जना ऋणीलाई कालोसूचीमा राखेको थियो । बाँसबारी छालाजुत्तालगायत धेरै उद्योग ०४६ सालदेखि अहिलेसम्म निरन्तर कालोसूचीमा छन् ।

यस्तो छ ५ वर्षको तथ्यांक

आब ०७५/७६ को असार मसान्तसम्म नेपाल राष्ट्र बैंकका अनुसार ऋणीहरुको खाता संख्या १४ लाख ३९ हजार ६ सय ४८ छ । ५ वर्ष अघिको तथ्यांक हेर्ने हो भने आ।व। ०७१ / ७२ मा १० लाख ३३ हजार ३ सय ८४ वटा ऋण खाता थिए । यी खातामध्ये ऋण नतिरेर ९३० जना कालोसूचीमा परे । ९३० मध्ये २७९ जनाले ऋण चुक्ता गरेर कालोसूचीबाट हटिसकेका छन् ।

सबैभन्दा बढि आव ०७२७३ र ०७३७४ मा ऋण खाता रहेको पाइएको छ । ०७२/७३ मा १० लाख ९६ हजार ऋण खाता थिए भने ०७३/७४ मा १२ लाख १६ हजार ९१ पुग्यो । तर यी २ वर्ष ऋण नतिर्नेहरुको संख्या ठूलो देखिएन । ०७२/७३ मा ८३३ र ०७३/७४ मा ८३४ जना ऋणी कालोसूचीमा परेका थिए । यस्तै, ०७२/७३ र ०७३/७४ मा क्रमशः ३०८ र ३७२ जना ऋणी कालोसूचीबाट हटे ।
आब ०७४/७५ मा ऋण खाता संख्या १३ लाख १ हजार पुग्दा १ हजार ३ सय ३५ जना ऋणी कालोसूचीमा थपिए । त्यसमध्ये ३४१ जना मात्रै कालोसूचीबाट हट्न सफल भए । अघिल्लो वर्षको तुलनामा ऋण नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको देखिन्छ ।
त्यसरी ऋण लिएर नतिर्नेको संख्या बढदै जाने क्रम देखिएको छ ।आव ०७५/ ७६ मा १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता हुँदा २ हजार ८ सय ४२ जना कालोसूचीमा परेको नेपाल राष्ट्र बैंकले बताएको छ । गत वर्ष ६२८ जनामात्रै ऋणी कालोसूचीबाट हटेका थिए ।

तस्विर: गुगल

साथै पछिल्लो समय चेक भुक्तानीमा धेरै समस्या देखिएकोले राष्ट्र बैंकले त्यस सम्बन्धि नयाँ व्यबस्था लागु गरेको छ । यदि कसैले अरुलाई दिएको चेकमा भनिएबमोजिको रकम नभएमा कारबाही गरि कालोसुचिमा समेत व्यबस्था गरेको छ ।

यसरी कम भुक्तानी दिएको खण्डमा त्यस्ता व्यक्तिले बढिमा एक हप्तासम्ममा पनि भनिएको जति रकम खातामा उपलब्ध नभएमा र्बैंकले त्यस्ता ग्राहकहरुलाई कालो सुचिमा राख्नुपर्ने हुन्छ ।
यदि सम्बन्धित बैंकले त्यस्ता ग्राहकहरुलाई कालोसुचिमा राख्नको लागी कर्जा सुचना केन्द्रमा पत्राचार नगरेमा राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तिय संस्थालाई समेत कारबाहि गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?