गुडिरहेको कारलाई पहिरोले पुरेपछि…

काठमाडौं । बुटवल-पाल्पा सडक खण्डमा दुई सवारी साधनलाई पहिरोले पुरेको छ । शुक्रबार बिहान सिद्धबाबा नजिकै पहिरो जाँदा दुई सवारी साधन पुरिएको हो ।

प्रहरीका अनुसार २ वटा सवारी पहिरोले पुरेको पुष्टी गरेको छ । प्रहरीका अनुसार बुटवलबाट गुल्मी जाँदै गरेको जिप र पाल्पाबाट बुटवल आउँदै गरेको कारलाई पहिरोले पुरेको हो ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। प्रहरी उद्धारका लागि घटनास्थलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?