मी टू आरोपित अनु मलिकको इन्डियन आइडलमा कमब्याक

एजेन्सी । मी टूको आरोप लागेका इन्डियन आइडल रियालिटी शोका जज अनु मलिकको कमब्याक भएको छ । मी टूको आरोप लागेपछि अनु मलिकलाई रियालिटी शोबाट निकालिएको थियो ।

जज मलिकलाई श्वेता पण्डितले १५ वर्षको हुँदा किस मागेको आरोप लगाउनु भएको थियो । तर अहिले श्वेता मौन रहनुभएको छ ।

गायिका सोना मोहपात्रा र श्वेता पण्डितले सन् २०१८ मा मी टू अभियान मार्फत अनु मलिकलाई यौन शोषणको आरोप लगाएका थिए । तर यो घटनाको झण्डै एक वर्ष पछि मलिक शोमा र्फकनु भएको हो ।

मलिक शोमा फर्किएसँगै सोना मोहपात्राले ट्वीटमा ‘सोनी टीवी द्वारा अनु मलिकलाई पूनः बोलाउनु भारतमा आफ्नो बच्चाको लागि राम्रो र सुरक्षित भविष्य चाहने व्यक्तिहरुको लागि मुखमा थप्पड हो ।’ लेख्नुभएको छ ।

इन्डियन आइडलको शोमा अहिले मलिकका साथै नेहा कक्कड र विशाल डडलानीले पनि जजको भुमिका निर्वाह गर्दैछन् । सन् २००४ देखि इन्डियन आइडलमा मलिक निरन्तर जजको भूमिकामा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?