पार्टी परित्याग गर्नेहरु अवसरवादी हुन्ः गान्धी

appharu
0
Shares

भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिएकी छिन् ।

पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उनले यस्तो टिप्पणी गरेकी हुन् ।

पार्टीका नेता तथा सांसदहरूसहितको कार्यक्रममा पार्टीको सिद्धान्त बुझेर वा मन परेर आबद्ध हुनेहरूभन्दा स्वार्थका लागि आबद्ध हुनेहरू पार्टीका लागि चुनौति भएको उनको भनाई थियो ।

“हाम्रो पार्टीको मुल्य मान्यताहरू संकटमा परेका छन्, यसबाट हामी चाँडै सतर्क हुन सकेनौँ भने पार्टी अफ्ट्यारोमा पर्दछ,” उनले भनिन् ।

मुल्य मान्यतामा अडिग रहने र स्वार्थी चिन्ने अहिले राम्रो मौका भएको गान्धीले बताइन् ।
मुल्य मान्यतासहित आएकाहरुले मात्रै देशलाई फाइदा हुने उनको भनाई छ ।

“केही नेता कार्यकर्ताहरुले हालै हाम्रो पार्टी छाडेको घोषणा गरेका छन्, त्यसले उनीहरु अवसरवादी थिए भन्ने पुष्टी हुन्छ,” गान्धीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?