‘कम्युनिष्टको एजेण्डा बोक्ने काङ्ग्रेस मुलुकको विकल्प बन्न सक्दैन’ : राप्रपा अध्यक्ष थापा


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार २२:५१

काठमाण्डौं । एनसेल कर छलीको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहिबार पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ ।

उक्त विषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहनुभएका थापाले एनसेल कर छली विषयमा विस्तृत विवरण प्रस्तुत गर्नुभएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

“यस विषयलाई राप्रपाले संसद्देखि सडकसम्म लैजान्छ, राप्रपाले संघर्ष गर्छ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कम्युनिष्टको एजेण्डा बोक्दै काङ्ग्रेस

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोक्ने काङ्ग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताउनुभएको छ ।

पार्टीको काठमाण्डौं जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले असफल नीति र बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र बाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गर्नुभयो ।

फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै अध्यक्ष थापाले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको बताउनुभयो । कार्यक्रममा राप्रपा नेता भुवन पाठक, प्रा डा जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामालगायतले प्रशिक्षण दिनुभएको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ

नेकपाद्वारा छ महानगर अध्यक्ष र सचिव मनोनय

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र

द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले