विज्ञान–प्रविधिको प्रयोगमा जोड दिइनुपर्छ : नेता जोशी

appharu
0
Shares

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले समय सापेक्ष विज्ञान–प्रविधिप्रति मित्रता गाँस्नु पर्नेमा जोड दिएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले बिहीबार शान्ति निकुञ्ज माविमा आयोजना गरेको ‘काठमाडौ क्षेत्र नं ८ का सामुदायिक विद्यालयहरुमा अर्दिनो र रोबट्याक्स प्रशिक्षण प्रमाण पत्र वितरण तथा प्रदर्शनी’ कार्यक्रममा नेता जोशीले प्रविधिको सुरक्षित तवरले प्रयोग गर्दै समुन्नत नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका पूर्व उद्योगमन्त्री जोशीले आजको युग विज्ञान र प्रविधिको भएको र समय सापेक्ष विज्ञान–प्रविधिप्रति मित्रता गाँस्नु पर्नेमा जोड दिए ।

विज्ञानमा पहुँच नभएका निम्न वर्गको पहुँच पुर्याउनु पर्नेमा सरकार त्यसतर्फ उदासीन रहेको उनले आरोप लगाए । कार्यक्रममा काइचो ग्रुपसहित सहभागी विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?