दल दर्ताका लागि नेकपाले बुझायो आयोगमा कागजात

appharu
0
Shares

काठमाडौं– उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दताका लागि निवेदन दिएको छ ।
नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।
नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको जानकारी दिए । आयोगले अब काजगात अध्ययन गरेर दर्ताको प्रमाणपत्र दिनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपा फेरि दर्ता हुनु परेको हो ।
निर्वाचन आयोगले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा आगामी मंसिर १४ गतेका लागि तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?