‘प्रेम संसार’ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘प्रेम संसार’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी ‘सुनैना सुनैना’ बोलको गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।

यस्तै गीतको भिडियोमा चलचित्रका कलाकार प्रेम सोनी र आयुष्मा कार्कीको अभिनय रहेको छ । गितको कोरियोग्राफी राम गौतमले गर्नुभएको हो ।

साथै चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगाएतको अभिनय रहेको छ । चलचित्रलाई प्रेम बहादुर सुनारको लेखन तथा लगानी रहेको छ ।

चलचित्र मंसीर १३ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रलाई राम गौतमले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?