सन्नी लियोनलाई हेर्न पोखरादेखि आए दर्शक, कुमारी हलमा भुवन केसी समेत पुगे

appharu
0
Shares

काठमाडौं–नेपाली चलचित्र ‘पासवर्ड’ को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ । फिल्म शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ ।
सो फिल्ममा आइटम डान्स गरेकी फोर्न दुनियाँ हुँदै बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी पनि प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् ।
बिहीबार अपरान्ह नेपाल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच, पञ्चकन्या र पञ्चेबाजाले स्वागत गरिएको गियो । उनी प्रिमियरमा आउने थाहा पाएपछि उनका फ्यान पोखरा, विराटनगर र धरानदेखि समेत काठमाडौं आएका थिए ।
ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन् ।

प्रिमिरयमा कलाकार भुवन केसी, कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायत समेत देखिएका थिए ।

फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

‘पासवर्ड’मा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।
अंंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?