थप गुणस्तरीय सिमेन्ट उत्पादन हुने गुणस्तर तथा नापतौल विभागको प्रष्टोक्ति

appharu
0
Shares

काठमाडौं–नेपाल गुणस्तर तथा नापतौल विभागले अब सिमेन्टको गुणस्तर थप वृद्धि हुने जनाएको छ ।
गुणस्तरसम्बन्धी मापदण्ड संशोधन पछि उच्चगुणस्तरयुक्त सिमेन्ट उत्पादन हुने विभागको भनाई छ ।
विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तर समेत मापदण्डमा समावेश भएकाले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जारी गरेको विज्ञप्तिमा एक अनलाइनमा सिमेन्टको गुणस्तरको विषयमा भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै त्यसप्रति कुनै सत्यता नरहेको बताएका छन् ।
‘नेपालमा सञ्चालित सिमेन्ट उत्पादन प्रविधि भारतमा भन्दा कम नरहेको तथा नेपाली उद्योगहरु पछिल्लो दशकमा निर्माण गरिएकाले अधिकांशको प्रविधि राम्रो रहेको हुँदा भारतीय गुणस्तरमा भन्दा म्याग्नेसियमको मान नेपाल गुणस्तरमा कम हुँदा संरचना कमजोर हुने भनिनु गलत हो’ विज्ञप्तिमा भनिएको छ ।
विभागले भारतीय गुणस्तरमा आईआरको मान २ प्रतिशत रहेको अवस्थामा नेपाल गुणस्तर निर्धारण गर्दा २ प्रतिशत कायम रहेको देखिने भन्दै हाल संशोधन पश्चात भारतीय गुणस्तरमा आईआरको मान ५ प्रतिशत रहेको र नेपाल गुणस्तर ४९ः२०७६ मा ३३ ग्रेडको हकमा ४ प्रतिशत र ४३ तथा ५३ ग्रेटको हकमा ३ प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको प्रष्ट पारेको छ ।

ओपीसी सिमेन्टमा क्लिंकर एवम् जीप्पसम बाहक कुनै पनि गैरकच्चा पदार्थ बिगतमा पनि प्रयोग गर्ने छुट नभएको र हाल पनि नभएको विगागले जनाएको छ ।

भारतीय गुणस्तरमा अघुलनशील पदार्थको मान ५ प्रतिशत रहँदा संरचना कमजोर नहुने तर नेपाल गुणस्तर ४ प्रतिशत र ३ प्रतिशत हुँदा संरचना कमजोर हुन्छ भन्नु निहित स्वार्थ बाहेक अरु केही नभएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान ५ प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४५ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको पनि पुडासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?