बलिउड ‘आइटम गर्ल’ सन्नी लियोनी नेपालमा

काठमाडौं । बलिउड अभिनेत्री तथा ‘आइटम गर्ल’ सन्नी लियोनी नेपाल आएकी छिन् । बिहीबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजना हुन लागेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

निर्धारित समय भन्दा करिब ३ घन्टा ढिलो त्रिभुवन विमानस्थलमा ओर्लिएकी सन्नीले त्रिभुवन विमानस्थल बाहिर उपस्थित पत्रकार तथा आफ्ना फ्यानलाई अभिभावदन गरिन् । उनी आज बेलुकी आयोजना हुने प्रिमियरमा सहभागी भएर भोली नेपाल फर्किनेछिन् ।

सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’को एक गीतमा आइटम नृत्य गरेकी छिन् । यो चलचित्र भोलीबाट नेपाल लगायत विभिन्न देशमा रिलिज हुँदैछ । सन्नी नेपाल आउँदा चलचित्रको व्यापारमा फाइदा पुग्ने निर्माणपक्षको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?