‘चलचित्रको श्रीवृद्धिका लागि बोर्ड प्रतिबद्ध छ’ : अध्यक्ष भट्टराई

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफु सधै प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहिबारबाट सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन कार्यक्रममा उहाँले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रीत हुदै आएको दावी गर्नुभयो ।

भविश्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि श्रृजनशिलताको साथै प्रविधिको सदुपयोग आवश्यक रहेको भन्दै उहाँले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धीत सबैलाई आग्रह गर्नुभयो ।

बिहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुनेछ । तस्वीर गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?