डेंगु नियन्त्रणबाहिर नरहेको सरकारको दाबी, विश्वका ३ अर्ब मानिसमा डेंगु संक्रमण

काठमाडौं । सरकारले डेंगु रोग नियन्त्रण बाहिर नरहेको दाबी गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको समस्या देखिएपनि नियन्त्रण बाहिर भने नरहेको जिकिर गर्नुृभयो । तर, डेंगुले दुख भने दिएको र त्यसप्रति सरकार सचेत रहेको उहाँको भनाई छ ।

डेंगु नियन्त्रणका लागि नागरिक स्तर, स्वास्थ्य क्षेत्र, स्वाथ्य मन्त्रालय र अन्य निकायबाट काम भइरहेको भन्दै मन्त्री बास्कोटाले नागरिककको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको जिकिर गर्नुभयो ।

मन्त्री बास्कोटाले विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै विश्वका झण्डै ३ अर्ब मानिस डेंगु संक्रमणको जोखिममा रहेको समेत बताउनुभयो । डेंगुको समस्या नेपालमा पनि देखा परेको र सरकारले उपचारका स्रोत र साधनबाट प्रयास गरिरहेको भन्दै उनले सबैको प्रयासले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?