३ वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गरिनेछ ‌: यातायात मन्त्री महासेठ


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १८:२०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताउनुभएको हो । मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण,मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताउनु भएको छ । सरकारले पाँच बर्ष भित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन बर्षभित्रै सम्पन्न हुने उहाँको दावी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३÷७४ को मसान्त्त पछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गर्नुभएको छ । उहाँले २५ बर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिले सम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अब देखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाहि गरिने समेत बताउनुभयो । मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताउनु भयो ।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महा अभियानमा सबैले साथ दिन आग्रह पनि गर्नुभयो । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिदै छ । सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकाश पूर्वाधार सम्बन्धी बिभिन्न आयोजना बारे लगानीकर्ता, ब्याबसायीहरुलाई जानकारी गराउनु भएको थियो । नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजना बारे यस सम्मेलनमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले

कानून पालना गराउन सरकार कठोर हुन्छ : कानून मन्त्री ढकाल

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना

भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको