बालुवाटार जग्गा प्रकरणको छानबिन गर्न बनेको समितिको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणबारे छानबिन गर्न बनाइएको समितिको म्याद सरकारले थप गरेको छ । उक्त प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले भने बयान लिएर अनुसन्धान गरिरहेको छ ।

सरकारी जग्गा , गुठी तथा सरकारद्धारा अतिक्रमण एवम जफत भएका जग्गा हिनामिना भएको भन्दै सरकारले २०७५ फागुन २८ गते नै छानबिन समितिको प्रतिबेदन कार्यान्वयन गर्नका लागी सीआइबीको टोली गठन गरिसकेको थियो ।

तर, मन्त्रीपरिषदको पछिल्लो निर्णय अनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआइबिको छानबिन समितिको म्याद असोज २८ गतेसम्मको लागी थप गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?