निर्वाचन आयोगले सोध्यो उपसभामुखलाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं, २७ भदौं ।निर्वाचन आयोगले भारतीय नम्बर प्लेटको गाडी चढेको भन्दै उपसभामुख गंगाप्रसाद यादवसँग स्पष्टिकरण सोधेको छ ।प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा उनले निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको पाइएकाले २४ घण्टे स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।‘व्यवस्थापिका ससद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचार संहिता विपरीत चुनाव प्रचार प्रसार गरेवापत यहाँलाई कारबाही हुनु पर्ने हो कि होइन ?’ २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको पत्रमा भनिएको छ ।यसैगरी आचार संहिता उल्लङ्घन गरेको भन्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई पनि आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?