नादेझ्दा कप : पहिलो हाफमा नेपाल १–० ले पछाडी

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले पछि परेको छ । नेपाली डिफेन्डरको गल्तीमा नेपालले ३९ औं मिनेटमा गोल खाएको हो ।

नेपाल र उज्वेकिस्तान दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?