राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?