विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ : सञ्चारमन्त्री


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १६:१६

काठमाडौं । राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिनुभयो ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिनुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ

नेकपाद्वारा छ महानगर अध्यक्ष र सचिव मनोनय

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र

द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले