राष्ट्र बैंकले ल्यायो नयाँ नोट, २० र ५० नोटहरुमा नयाँ सङ्केत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ संकेत सहित २० र ५० रुपैयाँका नयाँ नोट आजबाट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले बजारमा पठाएको २० रुपैयाँको नोटको पृष्ठभागमा ‘2016 A.D.’अंकित छ र नोटको अग्रभागमा वि.स. २०७२ अंकित रहेका छन ।

त्यस्तै ५० रुपैयाँ दरका नोटको सिरिज नम्बर ‘वि.स. २०७२’ अंकित हुने छ । यो अगाडिको भागमा हुने छ। पछाडिको भागमा ‘2015 A.D.’ हुनेछ । 

नयाँ निकालिएको नोटहरुमा सङ्केतहरु फरक फरक हुनेछन । २० दरका नोटको सङ्केत नम्बर ञर ४१०००००१ देखि ञर ४१९९९९९९ हुनेछन भने ५० दरका नयाँ नोटमा सङकेत नम्बर जर ८६०००००१ देखि जर ८८९९९९९९ सम्म हुनेछ।

तीन बर्षअघि बेलैमा प्रचलनमा नल्याँदा नोटको सामान्य अभाव देखिएको थियो। दसैंतिहारका मुखमा साना दरका नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकले बेलैमा नयाँ नोट बजारमा प्रचलनमा ल्याएको समेत राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?