रौतहटमा फेरी झडप : प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १५:३८

काठमाडौं । रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा फेरि झडप भएको छ । झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ ।

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो ।

बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए ।

सो क्रममा केही व्यक्तिहरु घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

काठमाडौं । नेपाली सेनाले काठमाडौँ तराई–मधेश दू्रतमार्ग (फास्ट ट्रयाक)मा सडक आयोजना निर्माणका क्रममा

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत्

भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको