‘प्रधानमन्त्रीले भारतीय विदेशमन्त्रीलाई रैती र चिनियाँ विदेशमन्त्रीलाई आफूसमान ठाने’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको परराष्ट्र नीति अस्पष्ट भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले हालै नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छिमेकी चीन र भारतका परराष्ट्रमन्त्रीसँग सरकारले फरक–फरक व्यवहार देखाएको भन्दै आलोचना गर्नुभएको हो ।

सांसद सिंहले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई स्वागत गर्न परराष्ट्र सचिव शंकरदास वैरागी गएको र चिनियाँ विदेशमन्त्री वाङ यीलाई स्वागत गर्न राज्यमन्त्री डा. सुरेन्द्र यादव गएकोप्रति असन्तुष्टि जनाउनुभयो । भारतीय विदेशमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा आफू राजा र विदेशमन्त्री रैती भएको व्यवहार देखिएको र चिनियाँ विदेशमन्त्रीलाई भेट्दा समान हैसियतमा भेटेको भन्दै सांसद सिंहले आक्रोश पोख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?