फ्रान्सले लिब्रामाथि प्रतिबन्ध लगाउने


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १५:२१

एजेन्सी । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।

“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भन्नुभयो ।

उहाँ ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा बोल्दै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
तनावपछि रात्रिक्लवमा गोली चल्यो

वासिङ्टन-अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको

थप बल्झिँदै अमेरिका–इरान विवाद

एजेन्सी । पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ

पर्यटक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

एजेन्सी । अमेरिकाको युटा राज्यमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

काठमाडौं | संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ