निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । कास्कीमा निर्माण व्यवसायी अपहरणको आरोपमा ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका-२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका-८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका-१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अपहरणमा प्रयोग गरिएका सवारी साधनहरुसहित प्रहरीले पक्राउ गरेको हो ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका-९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?