भायनेटको दशै तिहार अफर : ल्यायो उपहाररै उपहार

काठमाडौं । नेपालको पहिलो र बिशाल FTTH (Fiber- to – the home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट दशै तिहार टिभी को उपहार” नामक नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्तगर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि.का ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्नुहुनेछ ।

वार्षिक २५,९९० प्लस VAT को मुल्यमा ग्राहकहरुले ५०MBPs स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएकोे NETTV को साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ । ग्राहकहरुको सुभिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।

वार्षिक रु ३४,५४५ प्लस VAT को मुल्यमा ग्राहकहरुले ५०MBPs स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएकोे NETTV को साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को Discount पाउँनुहुनेछ ।


विगत १९ वर्षदेखिभायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?