विदेशी ज्वाइँलाई तत्काल नागरिकता दिन सकिँदैन : सरकार

काठमाडौं । सरकारले तत्काल ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने जनाएको छ । नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभएको हो । उहाँले विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्ने र यसका लागि ३ देखि ४ वर्षसम्म समय लाग्ने बताउनुभयो ।

यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईको भनाई छ ।

हाल समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?