६ वर्षीया बालिकालाई आफ्नै घरमा लगेर बलात्कार, यसरी परे प्रहरी फन्दामा

काठमाडौं । कन्चनपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङ रहेको प्रहरिले जनाएको छ ।
ती बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?