राष्ट्रिय चलचित्र कन्फ्रेन्स सुरु

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिवद्ध रहेको बताउनुभएको छ । राजधानी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा विहिबार देखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दे उहाँले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रीत हुदै आएको बताउनुभएको हो । भविश्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि श्रृजनशिलताको साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै उहाँले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धीत सबैलाई आग्रह गर्नुभयो । विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उहाँले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउदै समग्र नेपाली चलचित्रलाई सम्मृद्धीको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताउनुभयो ।

उहाँले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गर्नुभयो । हरेक बर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यसबर्ष भने भारत मा नै अवार्ड गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

विहिबार देखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?