द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैं चाहँदैनः अनुपराज शर्मा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गर्नु भएको छ । आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन काम समेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको स्मरण गराउनु भयो । भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागेपनि त्यसमा सरकारले भाँजो हालेको उहाँको दावी छ ।

आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हनन्को घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?