चीनमाथी लगाइएको कर तत्काल रोक्न ट्रम्पले गरे यस्तो ट्वीट

काठमाडौं । आगामी अक्टोबर १ तारिखबाट अमेरिकाले चिनियाँ सामानमा लगाउने भनिएको कर तत्काल नलगाउने भएको छ । चीनले बुधबार अमेरिकाका बिभिन्न १६ सामाग्रीमा लाग्ने भनेको करमा छुट गरिदिए पश्चात अमेरिकाले पनि बिहीबार कर तत्कालका लागि रोकेको हो ।

चीन सरकारले कर रोक्न आग्रह गरे पश्चात आफूले तत्कालको लागी कर रोकिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई छ । ट्रम्पले ट्वीट गर्दै चीनका २५० अर्ब अमेरिकी डलरका सामाग्रीमा २५ देखि ३० प्रतिशत बढाउने भनेको कर २ हप्ताको लागि रोकेको जनाइएका छन ।

दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । सोही वार्ता सफल बनाउने उद्देश्यका साथ दुवैले करको विषयमा संयमता अपनाएको अनुमान गरिएको छ । दुबै देशबीच एक वर्ष बढीभन्दा समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरिरहेका छन् ।

दुई देशबीच सन् २०१८ यता जारी व्यापार युद्ध अन्त्य गर्नका लागि व्यापार वार्ता बारम्बार असफल हुदैं आएको छ । वार्ता सफल बनाउनको लागी अर्को महिना व्यापार वार्ता हुँदैछ । सोही वार्ता सफल बनाउने उद्देश्यका साथ दुवैले करको विषयमा संयमता अपनाएको अनुमान गरिएको छ ।

तस्वीर गूगल

बारम्बारको बार्ता असफल भएपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । साथै अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुने जनाइएको छ ।

ट्रम्पले कर बढाउने घोषणा गरेपछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो। सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।

विश्वकै दुई ठुला अर्थतन्त्र भएका मुलुकबिच भएको यस्ता व्यापारिक युद्दले विश्वको अर्थतन्त्र र विश्व व्यापारमै त्रास एवं हलचल पैदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?