अनाधिकृत प्यान दर्ताले कर छलिने सम्भावना, बिभागले निकाल्यो यस्तो सूचना !

काठमाडौं । पछिल्लो समय व्यक्तिगत वा व्यबसाहिक प्यान दर्ता गर्नेको संख्या उल्लेख्य मात्रामा पाइएको छ । यसरी प्यान दर्ता गर्ने क्रममा अनाधिकृत रुपमा अरुको नाममा प्यान दर्ता गरि कारोेबार गर्नेहरु पनि प्रसश्त मात्रामा भेटिन थालेका छन ।

त्यसैले यस्ता कारोबार पाइएकाले आन्तरिक राजश्व बिभागले सम्बन्धित निकायलाई गुणस्तरिय दर्तामा समेत जोड दिएको हो । रोजगारीमा आएका कामदारहरुको प्यान प्रयोग गरि धेरै व्यबसायीले कर छली गर्ने गरेको पाईएकाले गुणस्तरिय दर्ता गर्न लागेको बिभागले जनाएको छ ।

कारोबारमा संलग्न व्यक्ति र निकाय दर्ता नभई कामदार वा अन्य असम्बन्धित व्यक्तिका नाममा कारोबार दर्ता गरी करको दायित्व अन्य व्यक्तिलाई सिर्जना गर्ने प्रवृत्ति देखिने गरेको विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

तस्वीर गूगल

रोजगारीको सिलसिलामा जुनसुकै किसिमको सम्झौता गर्ने प्रवृत्तिले करको दीर्घकालीन दायित्व नै आफुमाथि आइलाग्न सक्दछ । यसतर्फ समयमै सचेत हुनु जरुरी छ ।

कतिपय करदाताले अज्ञानतावश रोजगारी दिने कम्पनीको प्यान दर्ता आफ्नो नाउँमा गरेका कारण अनेक झन्झट बेहोर्नु परिरहेको छ । विभागले गलत नियतका साथ मजदूरलाई प्रलोभनमा पारी फर्म दर्ता गर्ने केही व्यवसायीविरुद्ध मुद्दासमेत दर्ता गरेको छ ।

यदि तपाईंलाई कसैले रोजगारी दिने शर्तमा करको दायित्वसमेत थोपरिरहेको त छैन ? रोजगारदाताले तपाईंको कागजात दुरुपयोग गरिरहेको त छैन ? कागजात लिँदा कुन उदेश्यले लिएको छ ? यसबारेमा समयमै सचेत हुनु जरुरी छ ।

आन्तरिक राजश्व विभागले वास्तविक रुपमा कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्म वा कम्पनी दर्ता भई आफ्नो कारोबारको सूनिश्चितता गरी दर्ता गर्न, गराउन समेत आग्रह गरेको छ ।

साथै गुणस्तरीय दर्तामा ध्यान दिई वास्तविक करदाता एकिन गरी दर्ता गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई निर्देशन समेत दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?