जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १२:४८

काठमाडौं । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ ।

वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको छ ।

उक्त पार्टीको बागलुङ नगर समितिले बागलुङ नगरपालिका-१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा कार्यक्रम सम्पन्न भइसकेको नगर समिति अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।

“चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गरेको हो ।” गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ ।

जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ले बताउनुभयो ।बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उहाँको भनाइ थियो । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ । कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख र वडाका अध्यक्षले बजेट तथा अन्य कार्यक्रमबारे जानकारी गराउने र सहभागीबाट सुझाव तथा गुनासोे सुन्ने गरिएको छ ।

प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् ।“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गर्छौं”, सचिव गैरेले भन्नुभयो, “जनताको पनि उत्साहजनक सहभागिता छ ।”

विगतमा सम्पादन भएका कामको समीक्षा र भावी योजना निर्माणमा पनि कार्यक्रम सहयोगी बनेको जनप्रतिनिधिहरू बताउँछन् । “स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर पनि बनेको छ”, काठखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति सचेत र उत्तरदायी बन्न यस अभियानले झक्झक्याएको छ ।”

पार्टीको प्रतिनिधित्व गर्दै चुनाव जितेका जनप्रतिनिधिलाई जनतासँग जोड्न अभियान फलदायी बनेको उहाँको भनाइ थियो । अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पु-याउने नेकपाको जिकिर छ ।

उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने सचिव गैरेले बताउनुभयो । कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ

नेकपाद्वारा छ महानगर अध्यक्ष र सचिव मनोनय

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र

द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

पार्टी सांसदलाई प्रधानमन्त्रीको निर्देशन : सरकारका राम्रा कामबारे जनतालाई बताउनुहोस्

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले