महानगरले गर्यो त्रिपुेश्वरदेखि जमलसम्म वृक्षारोपण

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुेश्वरदेखि जमलसम्मको पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण शुरु गरेको छ ।

वृक्षारोपण कार्यक्रम कपुरको बिरुवा रोपेर शुरु गरिएको छ । त्रिपुेश्वरदेखि जमल सडक खण्डमा करीब ५०० बिरुवा रोप्ने योजना रहेको छ ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बसोबासमैत्री सहर बनाउन महानगरले हरियाली बढाउन लागेको बताए ।

साथै यस अघि रोपिएका बिरुवालाई सँगै संरक्षण गरिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?