नेकपाले दल दर्ताका लागि दियो निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

नेकपाले आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटा लगायत नेता बिहीबार बिहान आयोग पुग्नुभएको हो ।

नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।

विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो भिडियो हेर्नुभएको थियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?