आज सुनको मुल्य कति ? हेर्नुहोस्

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य २ सयले घटेको छ ।

आज सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि विहिवार ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?