क्यारेबियन क्रिकेट लिग: सन्दीप लामिछाने बने ‘प्लेयर अफ दि म्याच’

काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित बार्बाडोस ट्रिडेन्टले जित हात पारेको छ ।

नेपालका क्रिकेट स्टार सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको हो ।

बार्बाडोसले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

प्याट्रियट्सका लागि लौरी इभान्सले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डोमिनिक डार्क्सले अविजित ३४ रन बनाए ।

प्याट्रियट्सलाई रोक्न बार्बाडोसका सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिए ।

त्यस्तै ह्याडेन वाल्ह र जासन होल्डरलर २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा २ विकेट गुमाएर १८६ रन बनाएको थियो । बार्बाडोसका लागि लेनीको बाउचरले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोनसन चार्ल्सले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । जेपी डूमिनी ४२ रनमा अविजित रहे ।

प्याट्रियट्सका रायद इम्रिट र उषामा मिरले १र१ विकेट लिए । जितसँगै बार्बाडोसले २ खेलबाट २ अंक जोडेको छ । बार्बाडोसको यो पहिलो जित हो ।

प्याट्रियट्सको ४ खेलबाट २ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?