चलचित्र ‘आमा’को छायांकन सम्पन्न, फागुनमा प्रदर्शन हुने

appharu
0
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को छायांकन सम्पन्न भएको छ । असार १६ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ बुधबारबाट सकिएको हो ।

पानीमा सुटिङ गर्नुपर्ने भएकाले केहि लामो समय लागेको जिर्देशक दीपेन्द्र के खनालको भनाई छ ।

छायांकनसँगै लाइनअपको पनि काम भइरहेको र अब साउन्ड तथा कलरको काम इन्डियामा गर्ने योजना रहेको निर्देशक खनालले जानकारी दिनुभयो।

चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गर्नुभएको थियो । ‘आमा’मा सुरक्षासँगै मिथिला शर्मा र सरिता गिरी मुख्य भूमिकामा छन् । चलचित्र फागुन ९ गतेबाट प्रदर्शन आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?