रगतको अभाव हुँदा उपचारमा समस्या

appharu
0
Shares

राजविराज । सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताउनुभयो ।

रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि रगत अभाव रहेको उहाँले बताउनुभयो । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उहाँले ब्लड गु्रपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले रगतको अभाव देखिन थालेको बताउनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच/सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?