प्रहरीसम्बन्धी दुई विधेयक पारित

appharu
0
Shares

काठमाडौँ – प्रतिनिधिसभाले पारित गरेको प्रहरीसम्बन्धी दुइटा विधेयकलाई बुधबार राष्ट्रिय सभाले पारित गरेको छ । प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयकमा राष्ट्रिय सभाले सामान्य संशोधन गरेर पारित गरेको हो ।

प्रतिनिधिसभामा उत्पत्ति भएको उक्त विधेयक पुनः प्रतिनिधिसभामा पठाइएको छ । राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधिसभाले स्वीकार गरेपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ ।

प्रदेश प्रहरीको गठन र सञ्चालनका लागि दुवै विधेयक महत्त्वपूर्ण मानिएको छ । बहुप्रतीक्षित ती विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि प्रदेशहरूको आफ्नै प्रहरी संरचना गठनको बाटो खुल्नेछ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?