सलमानको ‘दबंग–३’ को फर्स्टलुक सार्वजनिक

appharu
0
Shares

एजेन्सी । सलमान खानको आगामी चलचित्र ‘दबंग–३’को फर्स्टलुक सार्वनजिक भएको छ।

सलमान खानले ट्वीटरमा चलचित्रको मोशन पोस्टर सार्वजनिक गर्दै ‘१०० दिनपछि चुलबुल पाण्डे आउँदैछ’ भन्ने जानकारी दिनुभएको छ ।

चलचित्र हिन्दी भाषाका साथै तमिल, तेलगु र कन्नड भाषामा पनि रिलिज हुनेछ। चलचित्रको निर्देशन प्रभूदेवाले गर्नुभएको हो ।
चलचित्र आगामी डिसम्बर २० देखि प्रदर्शनमा आउनेछ। ‘दबंग–३’ सलमान खान, अरबाज खान र निखिल द्विवेदीले निर्माण गरेका छन् ।

चलचित्रमा सलमानसहित सोनाक्षी सिन्हा, अरबाज खान, प्रमोद खन्ना, पंकज त्रिपाठी लगायतको मुख्य अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?