विकल्प छँदै करारमा कर्मचारी


प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार ०६:५८

स्थानीय तहबाटै कार्यक्रम व्यवस्थापनको विकल्प हुँदाहुँदै संघीय सरकारले अतिरिक्त व्ययभार बढाउनेगरी गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालनमा ४१८ जनालाई करारमा नियुक्त गर्न लागेको छ ।

मासिक तलब÷भत्ता र अन्य सेवासुविधासहित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रममा लागि ७७ जिल्ला समन्वय समितिमा जिल्ला समन्वयकर्ता र ३४१ स्थानीय तहमा सामाजिक परिचालक नियुक्त गर्न लागेको हो ।

मन्त्रालयसँग संघमा रहेका फाजिल कर्मचारीलाई कार्यक्रम व्यवस्थापकका रुपमा परिचालन गर्ने वा स्थानीय तहबाटै त्यसको सञ्चालन गर्ने विकल्प थियो ।

संघीय सरकारअन्तर्गत ४ हजारभन्दा बढी कर्मचारी कामविहीन छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
सार्वजनिक कार्यक्रममा देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई

खाडी मुलुक जान थाले डाक्टर

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत

शान्ति सेना थप्न नेपाल तयार

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ ।