जिग्री – पाँडेकाे ‘सक्किगोनि’का २ प्रोमो (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट फुटेको टीमले नयाँ टेलिसिरियल ‘सक्किगोनि’ ल्याउने घोषणा गरेको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ लगायतको टीमले नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ ल्याउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । यसअघि सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराईएको थियो ।

यसै हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का २ वटा प्रोमो सार्वजनिक गरिएको छ । दुवै प्रोमोलाई दर्शकले निकै रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?