एलपी ग्यास उद्योग संघको अध्यक्षमा फेरि भण्डारी निर्वाचित

appharu
0
Shares

काठमाडौं – नेपाल एलपी ग्यासको अध्यक्षमा फेरि गोकुल भण्डारी निर्वाचित भएका छन् । संघको २४ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट उनी फेरि अध्यक्षमै निर्वाचित भएका हुन् ।
यस्तै उनी नेतृत्वको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली र शिवप्रसाद घिमिरे चयन हुँदा उपाध्यक्षमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् ।
यस्तै महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, सचिवमा धर्मराज बर्तौला र सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, बाबुराम पोखरेल, आशिष अग्रवाल, योगेश घिमिरे, सुदिप घिमिरे र अमित अग्रवाल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?