पूर्व राजदूत झा हत्या प्रकरणः पक्राउ परेका सानुकान्छा जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौले पूर्व राजदुत केशव झाको हत्या गरेको आरोपमा पक्राउ परेका सानुकान्छा तमाङलाई थुनामा पठाउने आदेश गरेको छ । बुधबार जिल्ला अदालतले काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौका कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरिकाले हत्या गरेको आशंकामा प्रहरीले सानुकान्छा तामाङलाई पक्राउ गरेको थियो । परिवारले सानुकान्छा तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?